मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक, यस्तो छ पूर्णपाठ « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक, यस्तो छ पूर्णपाठ



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक गरेको छ।

मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५.० प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।

यस्तै, राष्ट्र बैंकका अनुसार अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको छ । यता, लघुवित्त वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर २०८२ जेठदेखि आधार दरसँग आवद्ध गरी तय गर्नुपर्ने व्यवस्था गरिने उल्लेख छ ।

व्यक्तिगत सवारी साधन र सबै प्रकारका विद्युतीय सवारी साधनको ऋण मल्य अनुपातको सीमालाई ६० प्रतिशत कायम गरिने केन्द्रिय बैंकले जनाएको छ ।

यस्तै, असल कर्जाको विद्यमान १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १.० प्रतिशत, नन डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिने केन्द्रिय बैंकले जनाएको छ ।

Midterm-Review-of-MP-2081-82


प्रतिक्रिया दिनुहोस्