नेप्सेमा झन्डै ३४ लाख कित्ता सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सानिमा माई हाइड्रोपावर लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।
कम्पनीको ३३ लाख ९८ हजार १७६.१० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ ।