माई खोला हाइड्रोपावरलाई हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगको स्वीकृती - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

माई खोला हाइड्रोपावरलाई हकप्रद सेयर निष्काशन गर्न विद्युत नियमन आयोगको स्वीकृती



काठमाडौं । विद्युत नियमन आयोगले माई खोला हाइड्रोपावरलाई हकप्रद सेयर निष्काशन गर्न स्वीकृती दिएको छ। कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो।

यस अनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँबराबरको ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ। अब नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिएपश्चात कम्पनीले हकप्रद सेयर निष्काशन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्