ग्लोबल मनी विक अन्तर्गत सिन्धु विकास बैंककाे वित्तीय साक्षरता कार्यक्रम सम्पन्न « Arthapath.com
१२ चैत्र २०८१, मंगलवार

ग्लोबल मनी विक अन्तर्गत सिन्धु विकास बैंककाे वित्तीय साक्षरता कार्यक्रम सम्पन्न



काठमाडाैं । सिन्धु विकास बैंकको वार्षिक कार्ययोजना तथा ग्लोबल मनी विक २०२५ कार्यक्रम अन्तर्गत शाखा कार्यालय बनेपा तथा शाखा कार्यालय नारायणगढले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको छ । संस्थाले बनेपा काभ्रेमा अवस्थित संकल्प क्याम्पस तथा भरतपुर लायन्सचोक अवस्थित बालकुमारी कलेजमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेकाे हाे ।

संकल्प क्याम्पसका स्नातक तहका जम्मा ६५ जना विद्यार्थीको उपस्थिति रहेको थियो भने बालकुमारी कलेजका कक्षा ११ तथा १२ गरी ७० जना विद्यार्थीको उपस्थिति रहेको थियो ।

बैंकका तर्फबाट बचत, कर्जा, लगानी, खर्च, बजेट, वित्तीय सेवा लगायत डिजिटल बैंकिङ प्रणालीको उपयोग, चुनौती तथा सुरक्षा जस्ता विषयवस्तुहरूको बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

सिन्धु विकास बैंक नेपाल राष्ट्र बैंकबाट ख वर्गको इजाजतपत्र प्राप्त क्षेत्रीय विकास बैंक हो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, चितवन तथा मकवानपुर गरी जम्मा पाँच जिल्लाको कार्यक्षेत्र स्वीकृति रहेको यस बैंकको जम्मा २६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्