एभरेष्ट बैंकले २०८२ को क्यालेन्डर सार्वजनिक « Arthapath.com
१४ चैत्र २०८१, बिहीबार

एभरेष्ट बैंकले २०८२ को क्यालेन्डर सार्वजनिक



काठमाडौं । एभरेष्ट बैंकले एक विशेष समारोहका बीच नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ ।

नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रुपमा धेरै पहिलेदेखि खेलिने “परम्परागत खेलकुद” विषयवस्तु राखेर तयार पारिएको २०८२ सालकोे क्यालेन्डर बैंकका सञ्चालक समितिका अध्यक्ष बालगोपाल वैद्यले अनावरण गरेका छन् ।

उक्त कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको पनि सहभागिता थियो । बैंकले लामो समय देखिनै नेपालको धर्म, संस्कृति, पर्यटन लगायत अन्य पुरातात्विक महत्वको विषयवस्तुहरुलाई समेट्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्