प्रतिताेला १ हजार ४०० रूपैयाँले बढ्याे सुनकाे मूल्य

काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । आज एकैदिन सुनकाे मूल्य ताेलामा १ हजार ४०० रूपैयाँले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य १ लाख ७६ हजार २०० रूपैयाँ निर्धारण भएकाे छ । हिजाे छापावाल सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा २० रूपैयाँले बढेकाे छ । बिहिबार प्रतिताेला २ हजार २० रूपैयाँमा काराेबार भएकाे चाँदीकाे मूल्य आजका लागि प्रतिताेला २ हजार ४० रूपैयाँ निर्धारण भएकाे छ ।
आज अन्तर्राष्ट्रिय बजारमा सनुको भाउ प्रति आउन्स ३ हजार ७४ अमेरिकी डलरसम्म पुगेको छ।