कोटेश्वरको भाटभटेनीमा लुटपाट गर्ने थप ९ जना प्रहरी नियन्त्रणमा, पक्राउ पर्नेमा अधिकांश महिला « Arthapath.com
१४ असार २०८३, आइतबार

कोटेश्वरको भाटभटेनीमा लुटपाट गर्ने थप ९ जना प्रहरी नियन्त्रणमा, पक्राउ पर्नेमा अधिकांश महिला



काठमाडाैं । राजावादीहरुको प्रदर्शनको क्रममा काटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने थप ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आन्दोलनका क्रममा कोटेश्वर भाटभटेनीमा तोडफोड गरे पश्चात लुटपाटमा संलग्न भई फरार भएका व्यक्तिहरुलाई काठमाण्डौंका विभिन्न स्थानहरुबाट खोजतलास गरी सामान सहित पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी बृत्त बानेश्वर पठाइएको प्रहरीले जनाएको हो ।

धनुषा मिथिला नगरपालिका वडा नं ६ ढल्केव घर भइ काठमाडौं ३२ कोटेश्वर बस्ने आशिष सिंह ३ थान मदिरासहित प्रकाउ परेका छन् ।

यस्तै पक्राउ पर्नेमा सर्लाही बरथहवा घर भई हाल कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महत्तो, भारतको पटना हाँजीपूर घरभई हाल कोटेश्वर नरेफाँट बस्ने रवि रञ्जन कुमार, नुवाकोटको विदुर नगरपालिका वडा नं ६ घर भई हाल कोटेश्वर ३२ बस्ने सुशिला कुमाल, सुनसरी, धरान घर भई हाल कोटेश्वर ३२ बस्ने एलिसा राई, कोटेश्वर नरेफाँटकी बालकुमारी कार्की, सिन्धुपाल्चोक चौतारा घर भई हाल कोटेश्वर नरेफाँट बस्ने निर्मला कार्की, सिन्धुली तिनपाटन घर भई हाल नरेफाँट बस्ने चित्रमाया बस्नेत, सिन्धुली तिनपाटन घर भई नरेफाँट बस्ने सुस्मिता बराल रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले फलफुल, कस्मेटिक सामग्री, लुगा मदिरा जस्ता सामग्रीहरु पनि बरामद गरेको छ । य

यसअघि पनि प्रहरीले कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड तथा लुटपाट गर्ने विभिन्न व्यक्तिहरुलाई पक्राउ रेको थियो ।


प्रतिक्रिया दिनुहोस्