यस्तो छ आजको फलफूल तथा तरकारीकाे बजार भाउ

काठमाडौँ । सोमबार कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको बजार भाउ निर्धारण गरेको छ । समितिका अनुसार आज तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
नेपाली ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम ३० देखि अधिकतम रु.४० रुपैयाँमा किनबेच भइरहेको छ । यस्तै रातो आलु प्रतिकेजी न्यूनतम ३० देखि अधिकतम रु.३५, भारतीय सुकेको प्याज प्रतिकेजी न्यूनतम ४८ देखि अधिकतम रु.५०, लोकल गाजर प्रतिकेजी न्यूनतम ३० देखि अधिकतम रु.४०, नरिवल बन्दा न्यूनतम १० देखी अधिकतम रु.२० ले किनबेच भइरहेको छ ।
त्यस्तै, रातो मुला न्यूनतम ४० देखी अधिकतम रु.५०, लोकल सेतो मुला न्यूनतम १० देखी अधिकतम १५, डल्लो भान्टा न्यूनतम ४० देखी अधिकतम रु.५०, राज्मा घिउ सिमि न्यूनतम ९० देखी अधिकतम रु.१००, तितेकरेला न्यूनतम ९० देखी अधिकतम रु.१००, भिण्डी न्यूनतम १०० देखी अधिकतम रु.११० , रायो साग न्यूनतम ७० देखी अधिकतम रु.८०, कन्य च्याउ न्यूनतम १२० देखी अधिकतम रु.१४० ,डल्ले च्याउ न्यूनतम २५० देखी अधिकतम रु.३०० मा कारोबार भइरहेको छ ।
झोले स्याउ न्यूनतम २३० देखी अधिकतम रु.२५०, फूजी स्याउ न्यूनतम ३०० देखि अधिकतम रु.३५० ,केरा दर्जनको न्यूनतम १४० देखी अधिकतम रु.१६०, अनार न्यूनतम ३०० देखी अधिकतम रु.३५०, कालो अंगुर न्यूनतम २३० देखी अधिकतम रु.२५०, भुई कटहर न्युनतम १८० देखी अधिकतम रु. २००, लोकल काक्रो न्यूनतम ५० देखी अधिकतम रु.६०, रुख कटहर न्यूनतम रु.९० देखी अधिकतम रु.१०० किनबेच भइरहेको समितिले जनाएको छ ।
सुकेको खुर्सोनी न्यूनतम ३५० देखी ४०० नेपाली सुकेको लसुन न्यूनतम २८० देखी अधिकतम रु.३००, राजा च्याउ न्यूनतम २८० देखी अधिकतम रु.३००, सिताके च्याउ न्यूनतम ८०० देखी अधिकतम रु.१,००० मटरकोसा न्यूनतम ६० देखी अधिकतम रु.७०,न्यूरो न्युनतम ९० देखि अधिकतम रु.१००, ब्रोकाउली न्युनतम ४० देखि अधिकतम रु.५० रुपैयाँमा मूल्य निर्धारण तोकिएको छ ।