पेट्रोलको भाउ यथावत, डिजेल र हवाई इन्धनको भने घट्यो, नयाँ मूल्य कति ? « Arthapath.com
१८ चैत्र २०८१, सोमबार

पेट्रोलको भाउ यथावत, डिजेल र हवाई इन्धनको भने घट्यो, नयाँ मूल्य कति ?



काठमाडौं । सरकारले पेट्रोलको भाउ यथावत राखेको छ । इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्य प्रति लिटर पेट्रोलमा ०.४५ रुपैयाँ बढेर आएको जनाएको छ।

तर, पेट्रोलको भाउ भने यथावत राखिएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार डिजेलमा २.१५ रुपैयाँ र हवाई इन्धनमा ६.५९ रुपैयाँ घटेर आएको छ ।

सोमबार बसेको निगम संचालक समितिले डिजेल–मट्टीेतेल प्रति लिटर २ रुपैयाँ, हवाई न्धन आन्तरिक तर्फ प्रति लिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रिय तफै काठमाडौंको लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ रुपैयाँ घटाइएको हो । यता, खाना पकाउने ग्यासको भाउ पनि यथावत राखिएको निगमले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्