एनएलजी इन्स्योरेन्सका सञ्चालक खत्रीको राजीनामा

काठमाडौं । एनएलजी इन्स्योरेन्सका सञ्चालक समिति सदस्य सुरेश खत्रीले राजीनामा दिएका छन् ।
खत्रीले चैत्र १७ गते दिएको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको हो ।
खत्री हाल नेशनल लाइफ इन्स्योरेन्सको सिइओ रहेका छन् । लामो समयदेखि एनएलजीमा सञ्चालक रहेका खत्री नागरिक लगानी कोषमा पनि सञ्चालक रहेका छन् ।
नेशनल लाइफको एनएलजीमा मुख्य लगानी रहेको छ । नेशनल लाइफले खत्रीको ठाउँमा छिट्टै अर्को सञ्चालक पठाउने कम्पनीले जनाएको छ ।