दुर्गेश थापाको लाइभ कन्सर्टको टिकट खल्ती वा आइएमई पेबाट लिन सकिने « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

दुर्गेश थापाको लाइभ कन्सर्टको टिकट खल्ती वा आइएमई पेबाट लिन सकिने



काठमाडाैं । बैशाख १८ गते काठमाडौंकाे हायात ग्राउन्ड बौद्धमा आयोजना हुन गइरहेको दुर्गेश थापाको लाइभ कन्सर्टकाे टिकटिङ पाटनरमा नेपालको अग्रणी डिजिटल वालेट खल्ती र आइएमई पे आवद्ध भएका छन्।

आयोजक ट्राइएङल इन्कसँग साझेदारी गर्दै खल्ती र आइएमई पेले प्रयोगकर्ताहरूलाई अनलाइन मार्फत सजिलै टिकट लिन सुविधा उपलब्ध गराएको छ ।

कन्सर्टमा थापाको साथसाथै उक्त कन्सर्टमा अन्य विभिन्न लोकप्रिय गायक तथा कलाकारहरूको पनि प्रस्तुति रहनेछ।

अनेकौँ राष्ट्रिय अन्तर्राष्ट्रिय कलाकारका कन्सर्ट पछि अहिलेका लोकप्रिय कलाकार दुर्गेश थापाको यस सो’मा टिकटिङ पार्टनरको रूपमा सहकार्य गर्न पाउँदा उत्साहित भएकाे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताए ।

उनले भने, “खल्तीलाई एक इनोभेटिभ तथा युवामैत्री लाइफ स्टाईल ब्रान्डको रूपमा स्थापित गराउने उद्देश्यलाई यस्तो किसिमको सहकार्यहरूले थप साथ दिने कुरामा हामी आशावादी छौँ। हामीले प्रयोगकर्ताहरूलाई सहज र विना झन्झट तरिकाले टिकट खरिद गर्ने सेवा हाम्रो प्लेटफर्म मार्फत उपलब्ध गराएका छौँ र बढी भन्दा बढी प्रयोगकर्ताहरूले यस सुविधा बाट लाभ लिनु हुनेछ र यस प्रस्तुतिमा रमाउनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ।”


प्रतिक्रिया दिनुहोस्