आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँटबाट कुन प्रदेश र कुन स्थानीय तहलाई कति रकम ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँटबाट कुन प्रदेश र कुन स्थानीय तहलाई कति रकम ?



काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि प्रदेशक र स्थानीय तहलाई उपलब्ध गराउने अनुमानित राजश्व बाँडफाँट गरेको छ ।

आगामी आवमा सात वटा प्रदेशका लागि ७८ अर्ब ८ करोड ५० लाख रुपैयाँ राजश्व उपलब्ध गराउने अनुमान गरिएको छ । अर्थमन्त्रालयका अनुसार स्थानीय तहलाई भने ८८ अर्ब ९६ करोड ८० लाख रुपैयाँ अनुमान गरिएको छ ।

आगामी आवमा सबैभन्दा धेरै कोशी प्रदेशले पाउने छ । राजश्वमा बाँडफाँट भएको रकममध्ये कोशीमा १२ अर्ब ३९ करोड ६० लाख रुपैयाँ जानेछ ।

दोस्रो सूचीमा भने मधेश प्रदेश छ । मधेशलाई सरकारले आगामी आवमा १२ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ राजश्व उपलब्ध गराउनेछ ।

यस्तै, लुम्बिनी प्रदेशमा ११ अर्ब ८६ करोड ५६ लाख, बागमतीमा ११ अर्ब ५२ करोड ८४ लाख, कर्णालीमा १० अर्ब २७ करोड ३० लाख जाने छ ।

यता, सुदुरपश्चिम प्रदेशमा भने ९ अर्ब ८७ करोड २५ लाख रुपैयाँ र गण्डकी प्रदेशमा ९ अर्ब ७९ करोड ११ लाख रुपैयाँ राजश्व जाने अनुमान गरिएको छ ।

आगामी आर्थिक वर्षमा राजस्व बाँडफाँटबाट कुन प्रदेश र कुन स्थानीय तहलाई कति रकम ?


प्रतिक्रिया दिनुहोस्