नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?



काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीको ७५ लाख कित्ता आइपीओ सूचीकृत भएको हो।

कम्पनीको सेयरको नेप्से सिम्बोल एनएमआइसी कायम भएको छ । कम्पनीको उक्त सेयर अब आगामी चैत २३ गते सोमबारदेखि कारोबारमा आउनेछ ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १००.८० रुपैयाँ देखि ३०२.४० रुपैयाँ तोकेको छ ।

कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न लाइसेन्स प्राप्त गरेको हो ।

कम्पनीको रजिष्टर्ड कार्यालय चितवनको भरतपुर महानगरपालिका–१ मा रहेको छ ।

1743662395148


प्रतिक्रिया दिनुहोस्