सामाजिक सञ्जालमा आएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध « Arthapath.com
२२ असार २०८२, आईतबार

सामाजिक सञ्जालमा आएका लिङ्क नखोल्न साइबर ब्यूरोको अनुरोध



काठमाडौँ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत केही बैंकको वालेट प्रयोगकर्तालाई चेतावनीसहितका विभिन्न म्यासेज पठाई अनलाइन ठगी गर्ने क्रम बढेकाले सचेतता अपनाउन साइबर ब्यूरोले अनुरोध गरेको छ।

पछिल्लो समय सामाजिक सञ्जाल मार्फत अनलाइन माध्यमबाट लोन भुक्तानी गर्ने, सेयर मार्केट सम्बन्धी तालीम लिन सकिने र सो का लागी उपलब्ध गराइएको लिंकमार्फत आवश्यक सफ्टवेयर, फाइल इन्स्टल गर्नुपर्ने भनि फिसिङ्ग लिङ्क पठाउने गरेको पाइएको भन्दै ब्यूरोले त्यसतर्फ सजक गराएको हो ।

‘केही बैंकिङ वालेटहरूका प्रयोगकर्ताहरूलाई “तपाईको खातामा असमान्य गतिविधिहरू देखिएकाले तल उल्लेख गरिएको लिङ्कमा क्लिक गरी खाता प्रमाणिकरण गर्नुपर्ने, अन्यथा अस्थाइ रूपमा खाता सस्पेन्ड गरिने चेतावनी सहितको एसएमएस, द अलर्ट, एट अलर्ट जस्ता सर्ट कोडमार्फत पठाई अनलाइन ठगी बढिरहेकोले यस्ता लिङ्ङ्क क्लिक गरी आफ्नो विवरणहरू सेयर नगर्न तथा कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटप तथा अन्य स्मार्ट डिभाइसमा इन्स्टल नगर्न साइबर ब्यूरो अनुरोध गर्दछ’ साइबर ब्यूरोबाट जारी सूचनामा भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्