नयाँ मूल्यमा फेरि ऐतिहासिक रेकर्ड

काठमाडौं । शुक्रबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ । यस दिन सुनको मूल्य ३ हजार ९ सय रुपैयाँले बढेर मूल्य हालसम्मकै उच्च बिद्नुमा पुगेको हो ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । जुन इतिहासमै सबैभन्दा उच्च हो ।
यसअघि बिहीबर सुन प्रतितोला एक लाख ८१ हजार १०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।
पछिल्लो समय डोनाल्ड ट्रम्पको व्यापार नीतिहरू, विशेष गरी आयातमा उच्च शुल्क (ट्यारिफ) लगाउने घोषणाले सुनको मूल्यमा प्रभाव पारिरहेको छ ।
यस दिन चाँदीको तोलामा ५ रुपैयाँ बढेको आज चाँदी प्रतितोला एक हजार ९ सात ५ रुपैयाँमा किनबेच भइरहेको छ ।बिहीबारको बजारमा चाँदी प्रतितोला एक हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।