दोर्दी खोला जलविद्युतको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अन्तिम मौका « Arthapath.com
८ बैशाख २०८२, सोमबार

दोर्दी खोला जलविद्युतको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अन्तिम मौका



काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले गत चैत १९ गतेदेखि हाल कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । सोही हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका छ ।

कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुक क्लोज गरिसकेको छ । सोही अनुसार फागुन १३ गतेसम्म कायम सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्