अघिल्लो सरकारले ल्याएको भन्सार विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । मंगलबारकाे प्रतिनिधिसभाबाट भन्सार विधेयक बहुमतले पारित भएको छ ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेकाे भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभाले पारित गरेको हो ।
तत्कालीन अर्थमन्त्री डा प्रकाश शरण महतले १८ असोज २०८० मा प्रतिनिधिसभामा दर्ता गरेका थिए भने २०८० चैत १८ गते दफावार छलफलका लागि प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा पुगेको थियो ।
अर्थ समितिबाट पारित भएर २०८१ वैशाख १४ गते प्रतिनिधिसभामा गएको विधयक पारित भएको हो ।
यस क्रममा अर्थमन्त्री विष्णु प्रसाद पाैडेलले विधयकले कानूनी मान्यता पाएर कार्यान्वयनमा आएपछि भन्सार प्रशासनमा गुणात्मक सुधार आउने बताए ।