बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक « Arthapath.com
१७ बैशाख २०८२, बुधबार

बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँको निक्षेप तान्ने भएको छ । केन्द्रिय बैंकले अधिक तरलता व्यवस्थापन गर्न आज फेरि २१ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत ५० अर्ब तान्न लागेको हो ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । साँवा र ब्याज भुक्तानी मिति २०८२ जेठ ७ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।

त्यसैले बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन मार्फत केन्द्रीय बैंकमा पैसा राख्दा अधिकतम ३ प्रतिशतसम्म ब्याजदर पाउँछन् । बैंकहरुले निक्षेप संकलन उपकरणमा चैत २५ र २७ गते राखेको कुल ५५ अर्ब आज परिपक्क हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्