सरकारले बढायो सवारी लाइसेन्सको समयावधि, नविकरण अब दशकपछि « Arthapath.com
१७ बैशाख २०८२, बुधबार

सरकारले बढायो सवारी लाइसेन्सको समयावधि, नविकरण अब दशकपछि



काठमाडौं । सरकारले सवारी लाइसेन्सको समायवधि बढाएको छ । अब सवारी लाइसेन्सको अवधिमा १० वर्ष हुने भएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ । तर, अब १० वर्षको हुने भएको हो ।

अब नागरिकहरूले प्रत्येक पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् ।

प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेर समायवधि बढाएको हो । उक्त विधयेक मंगलबार प्रतिनिधि सभाले पारित गरेको थियो ।

अब राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउनेछ । त्यसपछि सभामुख हुँदै राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ ।

सरकारले सार्वजनिक सेवा वितरणलाई सहज र प्रभावकारी बनाउने उद्देश्यले कानुनी सुधारका माध्यमबाट यो पहल अघि बढाएको हो ।


प्रतिक्रिया दिनुहोस्