घट्याे नेरुडे मिर्मिरे लघुवित्तकाे नाफा, इपिएस २७.२९ रुपैयाँ

काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
संस्थाले प्रकाशित गरेको तेस्रो आवको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको ७०.८० प्रतिशतले घटेको हो ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५८.८२ प्रतिशत बढेर १ अर्ब १ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ३२.९९ प्रतिशत बढेर १२ करोड ६५ लाख ९१ हजार पुगेको छ।
त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी ४२.२९ प्रतिशत बढेर १ अर्ब १४ करोड ४० लाख रुपैयाँ पुगेको छ यता सञ्चालन मुनाफा ७०.८१ प्रतिशत घटेर ७ करोड ४८ लाख ९ हजार रुपैयाँमा झरेको छ ।
समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ८.८३ प्रतिशतबाट बढेर १४.८१ प्रतिशत पुगेको छभने इम्पेरमेन्ट चार्ज पनि १५ करोड ७० लाख रुपैयाँबाट बढेर ३२ करोड ९६ लाख रुपैयाँ पुगेको छ।
चैत मसान्तसम्म लघुवित्तको प्रतिसेयरआम्दानी २७ रुपैयाँ २९ पैसा घटेर ५ रुपैयाँ ५२ पैसामा सीमित भएको छ भने प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ ६६ पैसा रहेको छ।
लघुवित्तले तेस्रो त्रैमासको अन्त्यसम्ममा १७ अर्ब ४४ करोड ९६ लाख रुपैयाँ कर्जा तथा सापटीबाट २० अर्ब १८ करोड २६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।१ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब २९ करोड ५१ लाख रुपैयाँ सञ्चित छ।