सम्भावना नभएका आयोजना स्थगन गरिने, त्रुटिपूर्ण आयोजना खारेज गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलले राजनीतिक स्थायित्वलाई निरन्तरता दिने बताएका छन् ।
शुक्रबार आगामी आर्थिक बर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले नीतिगत स्थिरता सुनिश्चित गर्ने बताए ।
विकास निर्माणका क्रममा देखा परेका समस्या र कमजोरीलाई सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने बताए ।
विगतमा विभिन्न सरकारद्वार घोषणा गरिएका भौतिक पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुन प्राथमिकीकरण गर्ने बताए ।
परियोजनालाई वर्गीकरण गरि आगामी आर्थिक वर्षमा सम्पन्न हुने र यसै आर्थिक वर्षमा सम्पन्न हुने आयोजनाको समयतालिका निर्धारण गर्ने बताए । निर्माणाधिन तथा निर्माण गर्नुपर्ने सबै परियोजनाका लागि आवश्यक स्रोतको आकलन गरि सम्पन्न हुने सम्भवना नभएका आयोजना स्थगत गर्ने बताए । त्रुटिपूर्ण आयोजना खारेज गरिने उनले बताए ।