आगामी दशकलाई आन्तरिक रोजगारी दशकको रूपमा मनाइने

काठमाडौं । सरकारले आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रूपमा मनाउने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्ताे बताएका हुन्। सरकारले दक्ष जनशक्ति पलायन रोक्न पहल समेत गर्ने बताए। देशभित्रै उद्यमशीलता विकास गर्ने सरकारले नीति लिएकाे उनले बताए ।
त्यस्तै, रोजगारी तथा ज्याला रोजगारी दुवैका माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरिनेछ। वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाइने पनि उल्लेख छ।