हिमालयन लाइफको स्थिर वित्तीय प्रदर्शन, नाफा लगायतका मुख्य सूचकहरु कस्तो ?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको नाफा साढे ८ प्रतिशत वृद्धि भएको छ । कम्पनीले ९ महिनामा ४७ कोड बढी खुद नाफा कमाएको छ ।
आइतबार कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीले ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आवको तेस्रो त्रैमासको तुलनामा भने ८.४९ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा भने कम्पनीले ४३ करोड ५४ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले ९ महिनामा १२ अर्ब १८ करोड ३० लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ । यद्यपि, यो गत आवको तुलनामा भने १.३३ प्रतिशत मात्रे धेरै हो ।
सो अवधिमा कम्पनीले लगानी तथा कर्जाबाट हुने आम्दानी ३.८८ प्रतिशत बढाएर ४ अर्ब २८ करोड ६४ लाख रुपैयाँ पुर्याएको छ । कमिशन आम्दानी भने ३ करोड ९२ लाख रुपैयाँ देखिएको छ ।
समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी १०.६८ प्रतिशत बढेर १८ अर्ब ४८ करोड रुपैयाँ कायम भएको छ । यता, कुल खर्च पनि ५.४४ प्रतिशत वृद्धि भई १७ अर्ब १४ करोड ४९ लाख रुपैयाँ कायम भएको छ ।
हाल कम्पनीको सेयर पुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ छ । रिटेन्ड अर्निङमा १ अर्ब ९ करोड ९० लाख र महाविपत्ति कोष्मा ४७ करोड ८ लाख रुपैयाँ राखेको छ ।
हाल कम्पनीको जीवन बीमा कोषको आकार ७४ अर्ब ५२ करोड ५३ लाख रुपैयाँ कायम भएको छ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ६.८९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११६.०७ रुपैयाँ छ ।