सेयर बजारको ओरालो यात्रामा ब्रेक, पाँच दिनपछि बढ्यो नेप्से « Arthapath.com
२३ बैशाख २०८२, मंगलवार

सेयर बजारको ओरालो यात्रामा ब्रेक, पाँच दिनपछि बढ्यो नेप्से



काठमाडौं । लगातार पाँच दिन घटेपछि मंगलबार सेयर बजारमा झिनो वृद्धि देखिएको छ । यस दिन नेप्से परिसूचक १.०३ अंकले घटेर २६११.४३ बिन्दु कायम भएको छ ।

मंगलबार ८ अर्ब ७४ करोड ७६ लाख ६८ हजार रुपैयाँ रहेको छ । कारोबार अवधिभर ३१८ कम्पनीको २ करोड ५ लाख ४२ हजार ७६४ कित्ता सेयर किनबेच गरेको छ ।

यस दिन १२० कम्पनीको मूल्य बढ्दा १२६ कम्पनीको मूल्य घटेको छ ।

यस दिन नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशत, ओम मेगाश्री फर्मास्युटिकल्सको ९.९८ प्रतिशत, रिडी पावर कम्पनीको ९.३३ प्रतिशत र दोर्दी खोला जल विद्युत कम्पनीको ६.९३ प्रतिशतले मूल्य बढेको छ ।

यता विन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर लगायत कम्पनीको मूल्य घटेको छ ।

कारोबार रकमको आधारमा भने सानिमा माइ हाइड्रोपावर अग्रस्थानमा देखिन्छ । कम्पनीको ९२ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, ङादी ग्रुप पावर, राधी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर लगायत कम्पनीको सर्वाधिक कारोबार भयो।


प्रतिक्रिया दिनुहोस्