प्रेस चाैतारी बागमतीकाे बैठक जिरीमा « Arthapath.com
२७ बैशाख २०८२, शनिबार

प्रेस चाैतारी बागमतीकाे बैठक जिरीमा



काठमाडाैँ । प्रेस चाैतारी नेपाल बागमती प्रदेश समितिकाे बैठक दाेलखाकाे पर्यटकिय नगरी जिरीमा सम्पन्न भएकाे छ ।

प्रेस चाैतारी बागमती प्रदेश समिति अध्यक्ष तिलकराम रिमालकाे अध्यक्षतामा भएकाे बैठकमा बाेल्दै अध्यक्ष गणेश पाण्डेले चाैतारीले बनाएकाे वार्षिक कार्ययाेजना बारे जानकारी गराए । अध्यक्ष पाण्डेले चाैतारी यसैवर्ष तालिम वर्ष घाेषणा गरेकाले पत्रकार आफु प्रशिक्षित भए मात्र जनताले सही सूचना पाउने बताए ।

पाण्डेले पत्रकारलाई कसरी टिकाउने भन्ने जिम्मेवारी चाैतारीकाे काँधमा आएकाे बताए ।

त्यस्तै संगठनका महासचिव हिरामान लामाले एमाले पार्टीमाधी विभिन्न संस्थाका नाममा खुइल्याउने काम भैरहेकाे बताए । संगठनकाे केन्द्रीय समिति बैठकले गरेका निर्णय बाेकेर जिल्ला फर्केर संगठनकाे काममा जुट्न आग्रह गरे ।

बैठकमा प्रेस चाैतारी नेपालका सचिव तथा संगठन विभाग प्रमुुख विष्णु तारूकेले संगठनकाे सदस्यता अध्यावधी गर्नुपर्ने बेला आएकाेले संगठनकाे वास्तविक अवस्था बारे जानकारी गराउने बताए । उनले बागमती प्रदेशमा प्रत्येक जिल्लामा न्यु मिडियाकाे बारेमा तालिम दिनुपर्ने बताए ।

त्यस्तै नेकपा एमाले बागमती प्रदेश प्रचार विभाग प्रमुख भक्तकुमारी लामा, संगठनका इन्चार्ज तथा केन्द्रीय सदस्य प्रतिमा शिलवाललगायतले बाेलेका थिए ।


प्रतिक्रिया दिनुहोस्