चालु खाता २ खर्ब र शोधनान्तर स्थिति करिब ३ खर्ब बचतमा « Arthapath.com
२४ असार २०८२, मंगलबार

चालु खाता २ खर्ब र शोधनान्तर स्थिति करिब ३ खर्ब बचतमा



काठमाडौं । मुलुकको चालु खाता करिब २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३५ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्व ५५ करोडले बचतमा रहेको छ ।

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४ अर्ब ७८ करोड रुपैयाँ रहेको थियो।
यसैगरी, समीक्षा अवधिमा ८ अर्ब ९६ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ६ अर्ब ४९ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ६५ अर्ब १६ करोड रुपैयाँले बचतमा रहेको थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ५५ करोडले बचतमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्