ङादी ग्रुप पावरको नाफा घट्दा अन्य सूचक कस्ता छन् ?

काठमाडौं । ङादी ग्रुप पावरको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको नाफा १९.३२ घटेर २ करोड २९ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले २ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी पनि १०.६८ प्रतिशतले घटेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीको प्रशासनिक खर्च ६६ लाख ९१ हजार र वित्त खर्च २ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीले यो अवधिसम्म ३३ लाख ५४ हजार रुपैयाँबराबरको गैर सञ्चालन आम्दानी गरेको छ ।
कम्पनीको चुक्तापूँजी ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा ९ करोड २६ लाख रहेको कम्पनीको रिटेन्ड अर्निङ बढेर १० करोड ५९ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल चालु सम्पत्ति २ अर्ब २४ करोड र कुल चालु दायित्व ५ करोड ९४ लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ०.८३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५८.०२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८५.२७ रुपैयाँ मूल्य आम्दानी अनुपात ३४५.६८ गुणा र तरलता अनुपात ३७.७९ प्रतिशत कायम भएको छ ।