आम्दानी घटेसँगै सानिमा माई हाइड्रोपावरको नाफामा दबाब « Arthapath.com
२९ बैशाख २०८२, सोमबार

आम्दानी घटेसँगै सानिमा माई हाइड्रोपावरको नाफामा दबाब



काठमाडौं । सानिमा माई हाइड्रोपावरको नाफामा गिरावट आएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद २.०३ प्रतिशतले घटेर २७ करोड ६९ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यस कम्पनीले ३१ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

आम्दानी घटेसँगै कम्पनीको नाफामा दबाब परेको हो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी ५९ करोड ६४ लाखबाट घटेर ५१ करोड २९ लाख रुपैयाँ कायम भएको छ ।

कम्पनीको वित्तीय खर्च ८ करोड ४ लाखबाट घटेर ५ करोड ४५ लाख कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको छ भने, रिटेन्ड अर्निङमा १ अर्ब १ करोड ६२ लाख रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) ७.४१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७२.८५ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १७२.८५ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्