स्वावलम्बन लघुवित्तको नाफामा सुधार, कस्ता छन् अन्य सूचक ? « Arthapath.com
३० बैशाख २०८२, मंगलवार

स्वावलम्बन लघुवित्तको नाफामा सुधार, कस्ता छन् अन्य सूचक ?



काठमाडाैं । स्वावलम्बन लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार चैत मसान्तसम्ममा संस्थाको नाफामा सामान्य सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १२ करोड २ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३४ प्रतिशत बढी हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ११ करोड ८६ लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

गत वर्षको तुलनामा लघुवित्तको आम्दानीको प्रमुख स्रोत अर्थात खुद व्याज आम्दानी २२.६१ प्रतिशतले बढेको छ । चैत मसान्तसम्म खुद व्याज आम्दानी वापत् लघुवित्तले १ अर्ब २५ करोड ४० लाख ५४ हजार रुपैयाँ आर्जन गरेको हो ।

यस अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १५ करोड १६ लाख ७३ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा ११ करोड ९८ लाख ७९ हजार रुपैयाँ पुगेको छ।

यस्तै यस अवधिमा संस्थाले खराब कर्जा घटेको छ । चैत मसान्तसम्ममा संस्थाको खराब कर्जा १०.८८ प्रतिशतबाट घटेर ९.८९ प्रतिशत पुगेको छ ।

समिक्षा अवधिमा लघुवित्तको प्रति सेयर आम्दानी ९.७४ रुपैयाँ छ भने प्रति सेयर नेटवर्थ २१२.६८ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्