दोहोरो अंकले घट्यो सेयर बजार, साढे ९ अर्बको कारोबार « Arthapath.com
३० बैशाख २०८२, मंगलवार

दोहोरो अंकले घट्यो सेयर बजार, साढे ९ अर्बको कारोबार



काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । यसदिन बजार मापक नेप्से परिसूचक १४.२४ अंकले घटेर २६३४.८६ बिन्दुमा झरेको छ ।

नेप्सेसँगै कारोबार रकम समेत घटेको छ । कम्पनीले ३१४ कम्पनीको २ करोड १८ लाख २८ हजार २३१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार रुपैयाँ कारोबार भएको छ ।

आज १० उपसूचक राताम्य बनेको छ भने ३ सूचक मात्र बढेका छन् । आज ७७ कम्पनीको मूल्य बढेको छ भने १६८ कम्पनीको मूल्य घटेको छ ।

युनिभर्सल पावर कम्पनीको सर्वाधिक ६७ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, ङादी ग्रुप पावरको ५२ करोड ९० लाख रुपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्सको ५१ करोड २५ लाख रुपैयाँ, सानिमा माइ हाइड्रोपावरको ४७ करोड १४ लाख रुपैयाँ कारोबार भएको छ ।

क्रेष्ट माइक्रो र ओम मेगाश्रीको सेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, जोशी हाइड्रोपावर, उन्नती सहकार्य लघुवित्त, लुम्बिनी विकास बैंक, एलआईसी नेपाल, हिमालयन डिष्टिलरी, युनिभर्सल पावर, स्वेत गंगा हाइड्रोपावर र हिमालयन पावर पार्टनरको सेयरमूल्य सर्वाधिक बढेको छ।


प्रतिक्रिया दिनुहोस्