निरन्तर ओरालो यात्रामा सेयर बजार, दोहोरो अंकको गिरावट

काठमाडौं । सेयर बजारको ओरालो यात्राले बुधबार पनि निरन्तरता पाएको छ । आज पनि बजार दोहोरो अंकले घटेको हो । यस दिन बजार मापक परिसूचक नेप्से १३.८४ अंकले घटेको छ । यो सँगै नेप्से २६२०.३९ बिन्दुमा खुम्चिएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । आज ३१५ वटा धितोपत्रको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँको कारोबार भयो ।
६२ कम्पनीको मूल्य बढ्दा १८३ कम्पनीको सेयर मूल्य घट्यो । कुल १३ उपसमूहमध्ये २ समूह मात्र बढ्यो भने बाँकी सबै राताम्मे बन्यो ।