तेह्रथुम पावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

तेह्रथुम पावरको हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । तेह्रथुप पावर कम्पनीको हकप्रद सेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात जेठ ५ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजी ४० करोडको १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।


प्रतिक्रिया दिनुहोस्