ओरालो लाग्यो सेयर बजार, साढे आठ अर्बको कारोबार

काठमाडौं । आइतबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से परिसूचक ३.७७ अंकले घटेर २६०८.०७ अंकमा खुम्चिएको हो ।
आज ३०९ कम्पनीको १ करोड ६९ लाख ७ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५० करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन १० उपसूचक राताम्य भएका छन् भने ३ उपसूचकमा मात्रै हरियाली देखिएको छ । आज विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।
आइतबार १०० कम्पनीको सेयर मूल्य बढेको छ भने १४५ कम्पनीको घटेको छ ।