मन्त्रीपरिषद् बैठक बस्दै, राष्ट्र बैंकले आजै नयाँ गभर्नर पाउला ? « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

मन्त्रीपरिषद् बैठक बस्दै, राष्ट्र बैंकले आजै नयाँ गभर्नर पाउला ?



काठमाडौं । सरकारको नियमित मन्त्रीपरिषद् बैठक आज बस्दैछ । बैठकमा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको विषयलाई प्राथमिकताका साथ राखिने बुझिएको छ ।

राष्ट्र बैंकको गभर्नर पद लामो समयदेखि रिक्त रहँदै आएको छ । तर, सोमबार बस्ने मन्त्रीपरषिदको नियमित बैठकबाट नयाँ गभर्नरको टुंगो लाग्ने सम्भावना प्रबल देखिएको छ ।

मन्त्रिपरिषद्को बैठकबाट निर्णय अघि अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा गठित गभर्नर सिफारिस समिति पनि आजै बैठकमा बस्ने तयारीमा रहेको छ ।

समितिले तीन जना योग्य उम्मेदवारहरूको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ, जसबाट एक जनालाई गभर्नर पदका लागि औपचारिक रूपमा नियुक्त गरिनेछ ।

समितिले कामु गभर्नरसमेत रहेकी डा. निलम ढुङ्गाना, अर्थविद तथा कांग्रेस सांसद पदका उम्मेदवार विश्व पौडेल, नविल बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र प्रकाश श्रेष्ठको नाम सिफारिस गर्ने स्रोतको भनाई छ । स्रोतका अनुसार सत्तारूढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने विषयमा सहमति बनिसकेको छ ।

राजनीतिक तहबाट सहमति भइसकेको हुँदा सिफारिस समितिको बैठकबाट पनि पौडेलको नाम सिफारिसमा पर्ने लगभग निश्चितजस्तै देखिएको उच्च स्रोतले बताएको छ । बाँकी दुई जनाको नाम भने प्रक्रियागत आवश्यकताका आधारमा समावेश गरिने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्