प्रतिनिधि सभाले पारित गर्यो ‘जलस्रोत विधेयक, २०८१’

काठमाडौं । जलस्रोत विधेयक, २०८१ प्रतिनिधि सभाले पारित गरेको छ । सोमबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले विधेयक पारित गर्न प्रस्ताव पेश गरेका थिए, जसलाई सभाले अनुमोदन गरेको हो ।
सभामुख देवराज घिमिरेले विधेयक पारित भएको घोषणा गरेका हुन् । प्रतिनिधि सभाको अर्को बैठक जेठ ६ गते बिहान ११ बजे बस्नेछ ।