मन्त्रीपरिषद नै रोकेर ओली–देउवा गभर्नरको छलफलमा

काठमाडौं । सोमबार लागि तोकिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । आज साँझ ६ बजे हुने भनिएको बैठक स्थगित भएको हो ।
मन्त्रिपरिषद बैठक रोकेर प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीच भेटवार्ता हुने भएको छ । सत्ता साझेदारका दुई नेता नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति जुटाउनका लागि छलफलमा जुटेका हुन् ।
गभर्नर पद लामो समयदेखि रिक्त छ । गभर्नर नियुक्तिको विषय सत्ता साझेदार दलहरू बीचको असहमतिका कारण पेचिलो बनेको छ । सत्ता साझेदार दलहरू बीचको सहमतिमा जटिलता आएपछि नियुक्ति प्रक्रिया अझ पेचिलो बनेको हो ।
डेढ महिनाभन्दा बढी समयदेखि गभर्नरको नियुक्ति अड्किएको छ । आजको मन्त्रिपरिषद बैठकमा यस विषयलाई प्राथमिकतामा राखेर निर्णय लिने अनुमान गरिएको थियो ।
तर, बैठक स्थगित गरि प्रधानमन्त्री ओली र देउवा छलफलमा जुटेका छन् । छलफलबाट गभर्नर नियुक्तिको टुंगो लाग्न सक्ने अनुमान गरिएको छ । राजनीतिक सहमति र रणनीतिक छलफलहरू महत्वपूर्ण हुने अनुमान गरिएको छ, जसले गभर्नर नियुक्तिका लागि आवश्यक सहमति जुटाउन मद्दत पुर्याउनेछ ।