सम्पादकहरुसँग राधिका शाक्य : ‘राजनीतिक अस्थिरताले देश बनाउन गाह्रो बनाइदिन्छ’ « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

सम्पादकहरुसँग राधिका शाक्य : ‘राजनीतिक अस्थिरताले देश बनाउन गाह्रो बनाइदिन्छ’



काठमाडौं । प्रधानमन्त्री पत्नी राधिका शाक्यको आत्मकथा ‘करुणा’का विषयमा आज विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग संवाद भएको छ ।

प्रेस चौतारी नेपालको आयोजनामा भएको सो संवादमा लेखक शाक्यले आफूले हरेक दिनजसो केही न केही लेखिरहने विगत देखिको बानीकै कारण करुणा जन्मिएको बताइन् ।

‘म धेरै पहिले देखि नै आफू देखेका,भोगेका र सुनेका कुराहरु टिपोट गरेर राख्ने गर्थें’ शाक्यले भनिन्,‘ति टिपोटहरुलाई एकै ठाउँमा कम्पायल गर्दा करुणा जन्मिएको हो । यसमा मेरा अनुभुतिहरु समेटिएका छन् ।’

शाक्यले आफूमा आम महिलामा हुने स्वभाव नभएको उल्लेख गर्दै गफ गरेर समय बिताउनु भन्दा कुनै सृजनात्मक काम गरौं भन्ने उद्धेश्यले यो कृति तयार गरेको बताइन् । उनले फूर्सद हुनासाथ केही न केही लेख्ने वा पढ्ने सानै देखिको बानीका कारण किताब लेख्नतिर मन गएको बताइन् ।

‘आजै विबहान पनि खाना बनाउदै गर्दा लि क्वान युको किताबका केही पाना पढिरहेकाी थिंए’ शाक्यले भनिन्,‘जीवनमा साथी जस्तै हो पढ्ने लेख्ने कुरा मेला लागि ।’

आफूले पुस्तक लेखेको कसैलाई कुनै सन्देश दिन वा फाइदाका लागि नभइ केवल आफ्ना अनुभुतिको दस्तावेजिकरणका लागि लेखिएको उनको भनाई छ ।

पुस्तकको संवादका क्रममा सम्पादकहरुले शाक्यलाई तपाईं राजनीतिमा आउन लागेको हो कि भनेर प्रश्न गरेका थिए । शाक्यले सबैले ढुक्क हुन आग्रह गर्दै भनिन्, ‘म राजनीतिमा आउदिन । तपाईंहरु ढुक्क हुनुहोस । मेरो उमेर छँँदा त पूर्णकालिन राजनीतिमा आइन भने अब त त्यस्तो सोचाइ नै छैन ।’

आफूले राजनीति नगरे पनि राजनीतिचाँही बुझ्ने उनले बताइन् । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न थुप्रै नेता कार्यकर्ता आउने गरेको तर उनीहरु किन आए भन्ने कुरामा आफूलाई चासो नभएको उनको भनाई छ ।

‘उहाँलाई भेट्न धेरै नेता कार्यकर्ता आउछन् । उनीहरु किन र के का लागि आउछन् म कहिल्यै सोध्धिन । किनभने म राजनीति गर्दिन तर राजनीतिचाँही बुझ्छु ’ शाक्यले भनिन् ।

एक सम्पादकले शाक्यलाई सोधे ‘तपाईले चार पटक प्रधानमन्त्री बनाउनुभयो । आफू नबन्ने ?’ शाक्यले आफूलाई प्रधानमन्त्री बन्न रुची नभएको स्पष्ट पारिन् । ‘म प्रधानमन्त्री बनेर देश बन्ने हैन । देश बनाउन धेरै गाह्रो छ । आफूसँग टिम चाहिन्छ । राजनीति अस्थिरताले देश निर्माणमा ठुलो अवरोध गरिरहेको छ’ शाक्यले भनिन् ।

सरकार बनेकै दिन सञ्चार माध्यमहरुले ‘सरकार गयो गयो’ भनेर प्रचार गरिदिने गर्नाले प्रधानमन्त्री र मन्त्रीहरुलाई काम गर्न अफ्ठेरो परेको सुनाइन् । ‘यस प्रकारको अस्थिरता फैलाएपछि कर्मचारीले पनि काम टेर्न छोड्छन् अनि समस्या उत्पन्न हुन्छ’ शाक्यले भनिन् ।


प्रतिक्रिया दिनुहोस्