भावी गभर्नरमा ३ जनाको नाम सिफारिस, को-को परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न गठित समितिको बैठक सम्पन्न भएको छ । मंगलबार अर्थमन्त्रालयमा सम्पन्न बैठकले भावी गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
सिफारिस समितिका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री डा. पोषराज पाण्डे सहितको बैठकले डा. विश्व पौडेल, डा. निलम ढुंगाना र दिनेश भट्टराईको नाम सिफारिस गरेको छ ।
सिफारिस गरिएको नामको पहिलो नम्बरमा डा. विश्व पौडेल छन् । यस्तै दोस्रो नम्बरमा कामु गभर्नर ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव भट्टराईको नाम सिफारिस भएको छ ।