अन्ततः मन्त्रिपरिषदले लगायो गभर्नरको टुंगो, डा. पौडेललाई नियुक्ति गर्ने निर्णय « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

अन्ततः मन्त्रिपरिषदले लगायो गभर्नरको टुंगो, डा. पौडेललाई नियुक्ति गर्ने निर्णय



काठमाडौं । करिब डेढ महिनादेखि रिक्त रहेको नेपाल राष्ट्र बैंकको गभर्नर पदमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई १८औं गभर्नरको रूपमा जिम्मेवारी दिने निर्णय गरेको हो ।

राजनीतिक सहमति जुटाउने प्रक्रियामा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहानै छलफल गरेका । ओली र देउवाबीच सहमति भएपछि गभर्नरमा डा. पौडेलको नाम तय भएको हो ।

गभर्नर सिफारिस समितिले उनीसँगै नेपाल राष्ट्र बैंककी कामू गभर्नर डा. निलम ढुङ्गाना, पूर्व सचिव दिनेश भट्टराईको नाम मन्त्रिपरिषदमा पठाएको थियो । तर, पौडेलले बाजी मारेका हुन् । उनी गभर्नर सिफारिस समितिकै सदस्य रहेका थिए । तर, गभर्नर उम्मेदवार बन्ने भएपछि पौडेलले सदस्यबाट राजीनामा दिएका थिए ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका डा. पौडेल दीर्घकालीन मौद्रिक तथा राजस्व नीतिमा अनुभव प्राप्त अर्थशास्त्री हुन् ।


प्रतिक्रिया दिनुहोस्