७३ वटा इन्टरनेट तथा नेटवर्क सेवा प्रदायकलाई बक्यौता चुक्ता गर्न १५ दिने अल्टिमेटम « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

७३ वटा इन्टरनेट तथा नेटवर्क सेवा प्रदायकलाई बक्यौता चुक्ता गर्न १५ दिने अल्टिमेटम



काठमाडाैं । विभिन्न ७३ इन्टरनेट सेवा प्रदायकले रोयल्टी रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष रकम नतिरेको भन्दै १५ दिनभित्र बक्यौता चुक्ता गर्न निर्देशन दिइएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले राज्यलाई तिर्नुपर्ने राजस्व नतिर्ने सेवा प्रदायकको सूची सार्वजनिक गर्दै १५ दिने अल्टिमेटम दिएको हो ।

यी सेवा प्रदायकहरूले विगत केही वर्षदेखि सरकार र प्राधिकरणमा अनिवार्य रूपमा बुझाउनु पर्ने लेखापरीक्षण प्रतिवेदन, रोयल्टी रकम तथा कोष वापतको रकम तोकिएको समयमा नबुझाएको सूचनामा उल्लेख छ ।

पटक-पटक पत्राचार, ईमेल र सूचना मार्फत जानकारी गराउँदा समेत ती कम्पनीहरूले अहिलेसम्म बक्यौता रकमसहित विवरण नबुझाएपछि प्राधिकरणले १५ दिनको अल्टिमेटम दिएको हो ।

यी कम्पनीहरूमा क्लासिक टेक, डिश मिडिया नेटवर्क, वेबसर्फर, वाईफाई नेपाल, टेकमाइन्ड्स नेटवर्क, एरोनेट, मर्कन्टाइल कम्युनिकेसन्स, ब्रोडब्यान्ड न्पाल, एभरेष्ट लिंक, इस्ट लिंक, जानकी नेट, कालिका नेट, लगायत छन् ।


प्रतिक्रिया दिनुहोस्