नयाँ गभर्नरलाई रातो झन्डा देखाएको सेयर बजारमा फर्कियो उत्साह, आज दोहोरो अंकले बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर डा. विश्वनाथ पौडैलको नियुक्तिपछि सेयर बजारमा केही असमन्जसको स्थिति देखा परेको थियो । गभर्नर पौडैलको पदवाली हुने दिन सेयर बजारमा लगभग ८ अंकको गिरावट आएको थियो ।
तर, आज बिहीबार भने बजारमा नयाँ उत्साह र सकारात्मक परिवर्तन देखिएको छ ।
बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज बजार १९.४० अंकको वृद्धि भएको हो । उक्त दिन बजार परिसूचक २ हजार ६८८.९१ अंकमा पुगेर बन्द भएको छ।
बैंकिङ्ग समूहमा ५२.९८ अंकको वृद्धि भएको छ । यस्तै माइक्रोफाइनान्समा १२३.६८ अंक, निर्जीवन बीमामा ५.५१ अंक र म्युचुअल फण्डमा ०.०३ अंकको वृद्धि भएको छ । यद्यपि, यी बाहेक अन्य समूहहरू राताम्य बनेका छन् ।

आजको कारोबारमा १०४ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ भने १४२ वटाको सेयर घटेको छ । कुल ९ अर्ब ८२ करोड २० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।