अधिकांश वाणिज्य बैंकका लगानीकर्ताले कमाए आज सर्वाधिक, कसको सेयर भाउ कति बढ्यो ? « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

अधिकांश वाणिज्य बैंकका लगानीकर्ताले कमाए आज सर्वाधिक, कसको सेयर भाउ कति बढ्यो ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन ओम मेगाश्रीको सेयर मूल्यमा सकरात्क सर्किट लागेको छ । बिहीबार कम्पनीको सेयर मूल्य १० प्रतिशत वृद्धि भएको हो । आज कम्पनीको सेयर भाउ प्रतिकित्ता ९३.१० रुपैयाँ बढेर १ हजार २४.३० रुपैयाँ कायम भएको छ ।

उक्त दिन अधिकांश बैंकहरुको लगानीकर्ताले उच्च दरकमा कमाएका छन् ।

आज एनआइसी एशिया बैंकको सेयर मूल्य पनि ८.११ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको ८.०६ प्रतिशत, कुमारी बैंकको ६.५३ पतिशत वृद्धि भएको छ ।

आज यी कम्पनीहरुसहित एनएमबि लघुवित्त, लक्ष्मी सनराइज, सिटिजन बैंक, नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आइएमई, नेपाल एसबिआई बैंक लगायतका लगानीकर्ताले कमाएका छन् । आज १०४ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको हो ।


प्रतिक्रिया दिनुहोस्