हिमालयन रि इन्स्योरेन्सको मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ? « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

हिमालयन रि इन्स्योरेन्सको मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?



काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजना भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीको ४.५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

बिहीबारको अन्तिम कारोबार मूल्य ९७५.७१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

समायोजनपछि कम्पनीको सेयर भाउ ९३३.६९ रुपैयाँ कायम भएको छ । सोही मूल्यको आधारमा आइतबार कारोबार खुला हुनेछ ।


प्रतिक्रिया दिनुहोस्