गोर्खाज फाइनान्सको ३० औं वार्षिक साधारणसभा « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

गोर्खाज फाइनान्सको ३० औं वार्षिक साधारणसभा



काठमाडौं । गोर्खाज फाइनान्सको तीसौं वार्षिक साधारण सभा शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय प्रतिवेदन लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ ।

साथै सोही सभाले आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षणको लागि एनबीएसएम एसोसियट्सलाई लेखापरीक्षकमा नियुक्ति गर्ने निर्णय गरेको समेत जानकारी प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले दिए ।

उक्त साधारण सभाले विभिन्न मितिमा रिक्त भई सञ्चालक समितिले नियुक्त गरेका सञ्चालकहरुको नियुक्ति अनुमोदन समेत गरेको छ ।

सोही अवसरमा वित्तीय संस्थाले वित्तीय संस्थामा २० वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान गर्नुको साथै ३० वर्ष भन्दा अधिक सेवा गरी अनिवार्य अवकाश भएका मुकुन्द श्रेष्ठको बिदाई समेत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्