जनकपुरमा पनि नागरिकताकै भरमा ग्राहकले सजिलै बजाज बाइक फाइनान्स गर्न मिल्ने

काठमाडौं । बजाज मोटरसाइकलको जनकपुरका लागि आधिकारिक बिक्रेता ॐ अटोमोबाइल्सले पहिलो पटक जनकपुरमा ’बजाज ग्रान्ड एक्सचेन्ज मेला’ योजना ल्याएको छ ।
जेठ ११ गतेदेखि जेठ १६ गतेसम्म जनकपुरको बाह्रबिघा मैदान जनकपुरधाम, धनुषा आयोजना हुने मेलामा ग्राहकले मात्र नागरिकताको आधारमा बजाजका बाइकहरु फाइनान्स गर्न सक्नेछन् ।
शून्य सर्भिस चार्ज, अन द स्पट फाइनान्स, थप १० हजार रुपैया अतिरिक्त भ्यालुएसन, निःशुल्क एसेसरिज र आर्कषक छुट सहितको यो योजना ल्याएको बजाज कम्पनीले जनाएको छ ।
ॐ अटोमोबाइल्सको दाबी अनुसार जनकपुरमा नै पहिलो पटक हुन लागेको यस खालको एक्सचेन्ज मेलामा ग्राहकको पुरानो बाइकको उचित र उच्चतम मूल्यांकन गर्न विशेष भ्यालुएटरहरू समेत आएका छन् । यी अनुभवी भ्यालुएटरले ग्राहकको बाइकको न्यायोचित मूल्यांकन गरी कम्पनीको तर्फबाट थप १० हजार रुपैयाँसम्मको बोनस भ्यालुएसन ग्राहकले पाउँने छन ।
यसअघि मोटरसाइकल खरिद गर्दा हुने झन्झटिलो प्रक्रिया, जस्तैः घर जग्गाको लालपुर्जा, पानी वा बिजुलीको बिल, आय स्रोतको सर्टिफिकेट लगायतका कागजातको आवश्यकतालाई यो योजनाले पूर्ण रूपमा हटाएको छ ।
किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घण्टाभित्रै लोन पास गरेर सरल फाइनान्समार्फत यो सुविधा पाउनेछन् । जनकपुरको बाह्रबिघा मैदान जनकपुरधाममा आयोजना हुने ‘बजाज ग्रान्ड एक्सचेन्ज मेला’ बजाजको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिको नेपालकै बृहत मोटरसाइकल एक्सचेन्ज योजना हो ।
यस योजनामा कम्पनीका प्रतिनिधिकै उपस्थितिमा ग्राहकले आफ्ना जुनसुकै कम्पनीका पुराना स्कुटर तथा बाइकहरूको अनुभवी र दक्ष भ्यालुएटरबाट उच्चतम भ्यालुएसन प्राप्त गरी बजाजका नयाँ मोडलहरू सजिलै किन्न सकिने छ ।