सिटिजन लाइफ इन्स्योरेन्सको १ करोड ६ लाख २५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल १ करोड ६ लाख २५ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएकाे छ ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई २६.९८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुगेको छ।
नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ निर्धारण गरेको छ।
२०७८ साल चैतमा प्राधिकरणले बीमा कम्पनीहरूलाई एक वर्षभित्र दोब्बर पुँजी पुर्याउन निर्देशन दिए पनि अधिकांश कम्पनीहरूले सो समयसीमाभित्र पुँजी वृद्धि गर्न सकेका थिएनन्। सिटिजन लाइफ भने बोनस सेयर वितरणमार्फत तोकिएको पुँजी स्तर पुरा गर्न सफल भएको हो।