शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा « Arthapath.com
१४ जेष्ठ २०८२, बुधबार

शक्ति, प्रदर्शन र फोटोग्राफीको उत्कृष्ट संगम भिभो भी ५० लाईट नेपालमा



काठमाडौं । अग्रणी स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो अत्यधिक प्रतिक्षित स्मार्टफोन भिभो भी ५० लाईट नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ ।

शक्ति, उच्च प्रदर्शन र प्रोफेशनल फोटोग्राफी क्षमताको अनुपम संयोजनमा आधारित यो स्मार्टफोन आधुनिक प्रयोगकर्ताहरूका सबै आवश्यकताहरूलाई ध्यानमा राखी विशेषरूपमा डिजाइन गरिएको हो।

सार्वजनिक घोषणा एक विशेष स्ट्यान्डअप कमेडी शो “द लाईट साे” मार्फत गरियो, जुन हास्य, प्रविधि र मनोरञ्जनको सकारात्मक पक्षलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएका थियो । यस कार्यक्रममा भिभो नेपालका ब्रान्ड एम्बेसडर परस खड्का सहित नेपालका चर्चित कमेडियनहरू एलन जङ थापा, आयुष श्रेष्ठ, अपूर्व क्षितिज सिंह र बीटी कान्छाको दमदार प्रस्तुति रहेको थियो। उनीहरूको रचनात्मकता हास्य पञ्चलाईनहरूले दर्शकहरूलाई हाँसो, रमाइलो र उत्साहले भरिएको एक अविस्मरणीय साँझ प्रदान गर्‍याे ।

भिभो भी ५० लाईटमा समावेश गरिएको ६५०० एमएएच ब्लु वल्ट ब्याट्री भी सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो क्षमता भएका ब्याट्री हो। ९० वाट फ्ल्यास चार्ज प्रविधिले प्रयोगकर्तालाई केवल एक घण्टाको चार्जमै पुरै दिन चल्ने ब्याट्री शक्ति प्रदान गर्छ।

साथै, ५ वर्षको ब्याट्री हेल्थ एस्योरेन्स र १ हजार ७०० चार्ज साइकल समर्थनले दीर्घकालीन टिकाउपनाको प्रत्याभूति दिन्छ ।
फोनमा रहेको ६.७७ ईन्चको १२० हर्ज अल्ट्रा भिजन पि–ओलेड पञ्च–होल डिस्प्ले र ९४.२ प्रतिशत स्क्रिन–टु–बडी रेसीयोले प्रयोगकर्तालाई अत्यन्त इमर्सिभ अनुभव प्रदान गर्दछ । ७.७९ एम एमको अल्ट्रा–स्लिम प्रोफाइल, आकर्षक ग्लो रिङ्ग क्यामेरा मोड्युल र हाई–ग्लस मेटालिक फ्रेमले यसको प्रीमियम डिजाइनलाई अझ निखार दिन्छ । फोनको कम्प्रेहेन्सिव कुशनिङ्ग डिजाइन, एस जि एस ५ स्टार ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसन जस्ता विशेषताहरूले यसको दिगोपन र सुरक्षाको ग्यारेन्टी दिन्छ ।

भिभो भी ५० लाईट दुई उत्कृष्ट प्रोसेसर विकल्पमा उपलब्ध छ – मीडियाटेक डीमेन्सिटी ६ हजार ३०० (५जी) वा स्नापड्रागन ६८५ (४जी) । यी दुवै प्रोसेसरहरूले छिटो कनेक्टिभिटी, निरन्तर प्रदर्शन र स्मूद मल्टिटास्किङ सुनिश्चित गर्छन्।

साथै, सर्कल टु सर्च, लाईभ टेक्स्ट, एआई स्क्रिन ट्रान्सलेसन, एल्बम मेमोरिज र एआई सुपर लिंक जस्ता सुविधाहरूले दैनिक प्रयोगमा थप स्मार्ट अनुभव दिन्छन्।

फोनमा रहेको ५० एमपी सोनी आईएमएस ८८२ मुख्य क्यामेराले औरा लाईट पोर्टेट र २हर्ज गोल्डेन पोर्टेट जस्ता सुविधा प्रदान गर्छ, जसले हरेक फोटोलाई प्रोफेस्नल टच दिन्छ । सेल्फीप्रेमीका लागि समर्पित ३२ एम पी अल्ट्रा क्लियर फ्रन्ट क्यामेरा र एआई ईरेज र एआई फोटो ईनह्यान्स जस्ता टुल्सले फोटो सम्पादनलाई अझ सहज बनाउछन् र तस्वीरलाई अझ जीवन्त बनाउछन् ।

भिभो भी५० लाईट दुई भिन्न भेरिएन्टमा उपलव्ध छ – ८ जीबी + २५६ जीबी स्टोरेज (४जी) संस्करणको मूल्य ३७ हजार ९ सय ९९, र १२ जीबी + २५६ जीबी स्टोरेज (५जी) संस्करणको मूल्य ४५ हजार ९ सय ९९ निर्धारण गरिएको छ । यी दुवै मोडेलहरू भिभोका सबै आधिकारिक रिटेल स्टोरहरू तथा दराज अनलाइन प्लेटफर्म मार्फत नेपालभर सहज रूपमा उपलब्ध छन् ।


प्रतिक्रिया दिनुहोस्