मंगलबार सामान्य घट्याे सुन-चाँदीकाे मूल्य « Arthapath.com
१४ जेष्ठ २०८२, बुधबार

मंगलबार सामान्य घट्याे सुन-चाँदीकाे मूल्य



काठमाडाैं । मंगलबार पनि नेपाली बजारमा सुनकाे मूल्य सामान्य घटेकाे छ । आज सुनकाे मूल्य ताेलामा २०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ९०० रूपैयाँ निर्धारण भएको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले घटेको छ । सोमबार प्रतितोला २ हजार ५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ९ सय ९५ रूपैयाँ निर्धारण भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्