सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होमलाई साँढे २ लाख सहयोग « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्कान होमलाई साँढे २ लाख सहयोग



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प ललितपुर धोबिघाट स्थित मुस्कान होम अफ होपलाई साँढे २ लाख सहयोग गरेको छ । बैंकले सहयोग रकम मंगलबार चेक हस्तान्तरण गरेको छ ।

यस डेभलपमेन्ट बैंकले मुस्कान होम अफ होपलाई गरेको यस आर्थिक सहयोगले मुस्कान होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने छ । उक्त चेक हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशीले मुस्कान होमका अध्यक्ष सुमती कर्माचार्यलाई चेक हस्तान्त्तरण गरे ।

बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको यसै प्रेस विज्ञप्ती मार्फत सहर्ष जानकारी गराउँदछौं ।


प्रतिक्रिया दिनुहोस्