२५ करोडको ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’ जेठ २३ गतेदेखि निष्कासन हुने

काठमाडौं । प्रभु क्यापिटलले सामूहिक लगानी कोष ‘प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किम’को इकाई सार्वजनिक निष्कासन गर्ने भएको छ ।
क्यापिटलले आउँदो जेठ २३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई बिक्रीमा ल्याउन लागेको हो ।
स्किमको कुल आकार ४ करोड इकाई रहेको छ । जसमध्ये ७।५ प्रतिशत अर्थात ३० लाख इकाई कोष प्रबर्धक प्रभु बैंक र ७.५ प्रतिशत अर्थात ३० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ भने सर्वसाधारणले २ करोड ५० लाख कित्ता इकाईका लागि आवेदन दिन सक्नेछन् ।
आवेदन जेठ २७ गतेसम्म दिन सकिनेछ । तोकिएको समयमा सबै इकाई बिक्री नभएको खण्डमा असार ६ गतेसम्म दिन सकिने क्यापिटलले जनाएको छ । स्किमको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।